२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करीका नाइके दावालाई नागरिकता दिने कर्मचारी झपेन्द्र खरेल पनि पक्राउ

काठमाडौं । सुन तस्करीका नाइके दावा छिरिङलाई नागरिकता दिने अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन् । काभ्रे प्रहरीका अनुसार खरेललाई काभ्रेबाट पक्राउ गरिएका हो । उनलेनै काभ्रे जिल्ला प्रसाशन कार्यालयको नागरिकता फाँटबाट दावा छिरिङका नक्कली विवरण सनाखती नागरिकता जारी गरेका थिए । झपेन्द्रले दावालाई आर्थिक प्रलोभनमा परेर नागरिता दिएको विषय सिधाकुराले उजागर गरेको थियो ।

विदेशी नागरिकलाई वंशजका आधारमा नागरिकता दिलाएका काभ्रे जिल्ला प्रशासनका तत्कालीन नायब सुब्बा रामचन्द्र अर्याल (हाल अधिकृत) पनि केहि दिन अघि पक्राउ परेका छन्।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस