२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै गृहमन्त्री लामिछानेका तरंग ल्याउने यी ४ कदम

काठमाडौं । सुनको अवैध पैठारी ९तस्करी० सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने केही महत्वपूर्ण कदम चालेका छन् जसले एक किसिमको तरंग ल्याएको छ । २४ घण्टा नवित्दै उनले देखाएको दौडधुपले गृह मन्त्रालयबाट केही ठूलै अप्रेशनको तयारीको छनक देखिएको मन्त्रालयका उच्च अधिकारीले बताएका छन् । त्यो संकेत पाएर आजैदेखि नेपाली कांग्रेसले लामिछाने हटाउन संसद नै अवरोध सुरु गरेको छ ।

हिजो बिहान ११ बजेर ५ मिनेट जाँदा आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाए लगत्तै लामिछाने मन्त्रालयकै आफ्नो गोप्य कोठामा एक्लै बसेर २ घण्टासम्म प्रतिवेदन पढेका थिए । प्रतिवेदनको केही महत्वपूर्ण बुँदाहरू टिपोट गरेका उनी लगत्तै मन्त्रालयबाट निस्किएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँग झण्डै एक घण्टा बिताएका लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई गृह मन्त्रालय बोलाए । झण्डै एक घण्टा अघि गृह मन्त्रालय पुगेका महानिरीक्षक कुँवरसँग उपप्रधानमन्त्री लामिछानेले ढोका थुनेर छलफल गरिरहेका छन् । गृह मन्त्रालय स्रोतकाअनुसार आयोगले बुझाएको प्रतिवेदनसँग सम्बन्धित विषयमै महानिरीक्षक कुँवरसँग छलफल भएको थियो ।

प्रतिवेदनमा नेपाल प्रहरीका उच्च अधिकारी र राजनीतिक शीर्ष नेताहरु नै दोषी ठहर गरी कारबाहीको सिफारिस गरिएको छ । लामिछानेले बुझेको सबै कुरा प्रधानमन्त्रीलाई विस्तार लगाएपछि आजै कारबाहीको डण्डा अघि बढाउन मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाइयो । नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो सीआईबीकी प्रमुख एआइजी किरण बज्राचार्य लगायत प्रहरीका उच्च अधिकारीलाई आजै जिम्मेवारीबाट मुक्त गरेर हेडक्वाटर झिकाइयो । कारबाहीलाई जसरीपनि अघि बढाउन गृहमन्त्रीले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगपनि परामर्श गरेका थिए । त्यसपछि पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई पक्राउ गरियो । उनी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठनका महासचिव समेत हुन् । यति मात्र हैन । सीआईबीले मुक्ति दिएकाहरुलाई भटाभट पक्राउ गरिदैछ । यसले तरंग नै ल्याएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस