२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनि ट्रान्सफर सञ्चालकमाथि रौतहटमा गोली प्रहार

Money transfer operator shot at in Rautahat

वीरगञ्ज । रौतहटमा शुक्रबार दिउँसो एक जना मनि ट्रान्सफरका सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेको छ । जिल्लाको परोहा नगरपालिका–९ रामपुरखाप स्थित रहेको शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो ।

सञ्चालकमाथि गोली प्रहार गर्ने समुहलाई पक्राउ गरिएको रौतहटकी प्रहरी प्रबक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिइन्। गोली प्रहारबाट साह घाइते भएका छन्। उनलाई उपचारको लागि वीरगञ्ज ल्याइएको छ । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको हुनसक्ने तर घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको गिरीले बताइन्।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस