२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उदयपुरमा भिरबाट जिप खस्दा ६ जनाको मृत्यु

१ चैत, विराटनगर । उदयपुरको बेलका नगरपालिका– ७ मा भिरबाट गाडी खस्दा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार घटनास्थलमा नै ६ जनाको शव भेटिएको छ ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय मिलन राईका अनुसार ७ जनालाई उद्धार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

दुर्घटना मृत्यु भएकाहरुको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण पनि खुलेको छैन । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले ६ जनाको मृत्यु भएको तर मृतकको सनाखत हुन बाँकी रहेको बताए । उनका अनुसार दुर्घटनास्थल भोजपुरबाट नजिक पर्ने भएकाले भोजपुर र उदयपुर दुवै जिल्लाका प्रहरीहरु उद्धारमा परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस