२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीरेन्द्रनगरमा नगरपालिकाले डोजर चलाउँदा व्यवसायीले गरे ढुंगामुढा

३० फागुन, सुर्खेत । वीरेन्द्रनगरको हटिया लाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाउँदा स्थानीयबासिन्दाले ढुंगामुढा गरेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको थियो । व्यवसायीहरूले निर्देशन अटेर गरेपछि नगरपालिकाले वीरेन्द्रनगर–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा डोजर चलाउन थालेको हो ।

नगरपालिकाको डोजर आएपछि केही व्यापारीले सामान उठाउन थालेका छन् भने केही व्यापारीहरु प्रतिकारमा उत्रिएका छन् । सुरुमा शान्त रहेका व्यापारीहरु डोजरले संरचना भत्काउन थालेपछि एक्कासी ढुङ्गा मुढामा उत्रिएका थिए । ढुङ्गामुढापछि एकछिन भागदौड नै मच्चिएको थियो भने झडपको स्थिति नै आएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस