२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज यी क्षेत्रमा बर्षा र हिमपातको सम्भावना

काठमाडौं । पहाडी भू–भागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम आंशिक रुपमा बदली भएको हो । जसकारण पहाडी क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक-दुई स्थानमा हिमपातसहित छिटपुटदेखि हल्का वर्षाको पनि सम्भावना रहेको छ । हिमपातको सम्भावना शुक्रबारसम्मै छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस