२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीले ३० गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन् । फागुन ३० गते विश्वासको मतका लागि व्यवस्था मिलाउन प्रधानमन्त्रीले संघीय संसद्‌ सचिवालयलाई पत्र पठाएका हुन् ।

प्रधामन्त्रीले विश्वासको मतका लागि व्यवस्था मिलाउन पत्र पठाएको संसदका प्रवक्ता एकराम गिरीले पुष्टि गरे । अब संसद सचिवालयले बैठकको कार्यसूचीमा विश्वासको मतसम्बन्धी विषय समावेश गर्ने छ ।

यसअघि आज नै बसेको माओवादी पदाधिकारी बैठकले फागुन ३० गते विश्वासको मत लिन प्रधानमन्त्रीलाई सुझाव दिएको थियो । बैठकमा उपस्थित एक नेताले खबरहबसँग भने , ‘सबै गठबन्धनका घटक र हामी पार्टी पदाधिकारीले फागुन ३० गते नै विश्वासको मत लिन सुझाव दियौं ।’

फागुन २१ गते प्रचण्डले एमालेलगायत दलहरुसँग गठबन्धन गरि नयाँ गठबन्धन बनाएका थिए । यसअघिको सत्ता साझेदार दल नेपाली कांग्रेसले फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस