२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिजुलीको पोल सार्दा करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर कालीकोटमा दुई जनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका–८, लालुका गाउँमा शनिबार करेन्ट लागेर ४३ वर्षीय केशवराज थापा र २७ वर्षीय गङ्गा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएको छ। केशव र गङ्गा काका–भतिजा हुन्।

विद्युत्को सबस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले बताए। गाडेको बिजुलीको पोल अन्यत्र सार्न खोज्दा करेन्ट लागेको उनको भनाइ छ। “गाडेको बिजुलीको पोल अन्यत्र सार्न खोज्दा टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छोएपछि करेन्ट लागको हो,” बोहराले भने, “दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको छ।”

मृतक केशवराज शिक्षक हुन्। उनी स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयमा कार्यरत थिए।

 

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस