२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अनिता केसीले प्रिती राईको स्थानमा आई–लिग खेल्ने

काठमाडौं । मिडफिल्डर अनिता केसीले प्रिती राईको स्थानमा भारतीय महिला आईलिग खेल्ने भएकी छिन् । नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रिती राई घाइते भएसँगै तीन महिना मैदानबाहिर हुने भएकी छिन् । प्रिती भारतीय आई–लिगमा किक स्टार्सबाट खेल्ने गरेकी थिइन् । उनी घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।

किक स्टार्सले खेल्ने बाँकी तीन खेलमा अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आई–लिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलो पटक आई–लिग खेल्ने अवसर पाएको छु । त्यसका लागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रिती घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुलम केरेलासँग खेल्न बाँकी छ । तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । यस सिजन ७ खेल खेलिसक्दा प्रितीसँगै दीपा शाहीले किक स्टार्सका लागि सानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ । यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रितफ र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा छन् । रश्मि र अमृता स्पोर्ट्स ओडिसामा आबद्ध छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस