२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कलेजो दान दिएर ज्वाइँले बचाए सासूको ज्यान, नेपालमै भयो सफल अप्रेशन

doctor operation nepal

काठमाडौं । कलेजोको गम्भीर रोगबाट ग्रसित सासूलाई कलेजो दान गरेर एक ज्वाइँले सासूको ज्यान बचाएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ज्वाइँले कलेजो दान दिएर सासूको ज्यान बचाएका हुन् । यो अप्रशेन नेपालमा नै सफल भएको हो । गत फागुन २१ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजोको गम्भीर समस्याबाट ग्रसित ६५ बर्सिया लक्ष्मीदेवी श्रेष्ठलाई उनका ज्वाइँ ४५ वर्षीय श्रीकृष्ण मानन्धरले आफ्नो कलेजो दान गरेका हुन् । २१ गते सोमबार केन्द्रले कलेजोको २२ औँ प्रत्यारोपण गरेको थियो ।

केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सो प्रत्यारोपण गरेको थियो । कार्यकारी निर्देशक डा. श्रेष्ठका अनुसार कलेजो दान लिने सासू र दान दिने ज्वाइँ दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस