२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जसपाबाट उपेन्द्र यादव स्वास्थ्य र साह वन मन्त्री बन्ने

Jaspa President Upendra Yadav returned from India

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट नयाँ मन्त्रीमण्डलमा दुई जना मन्त्री सहभागी हुने भएका छन् । बिहीबार साँझ बसेको जसपाको कार्यकारिणी समिति बैठकले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरेको हो । जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्री दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र साह वन तथा वातावरण मन्त्री बन्ने भएका हुन् । यस्तै कार्की भने स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

तर यसबारे अन्तिम निर्णय लिन जसपा कार्यकारिणी समितिको बैठक शुक्रबार पुनः बस्ने भएको छ । अध्यक्ष यादवले मन्त्रीबारे अन्तिम निर्णय लिन शुक्रबार पुनः बैठक बस्ने जानकारी दिए । उनले भने, ‘छलफल जारी छ । भोलि (शुक्रबार) टुंगोमा पुग्छौँ ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस