२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्वास्थ्यमन्त्रीमा उपेन्द्र यादव पक्का

Jaspa President Upendra Yadav returned from India

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा जसपाले मन्त्री पठाएको थिएन । तर अब पार्टी अध्यक्ष यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्ने जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।

यसअघि नेकपा एमालेले स्वास्थ्य मन्त्री लिने तयारीसहित पदम गिरीलाई सरकारमा पठाएको थियो । गिरीले सुरुमा विनाविभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । तर पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य मन्त्रालय उपेन्द्र यादवलाई दिनुपर्ने भन्दै गिरीलाई कानून मन्त्रालयको जिम्मेवारी तोकिदिएका थिए । जसपा नेता यादवका अनुसार जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीबारे भने टुंगो लागिसकेको छैन । जसपाबाट अर्को मन्त्रीको रुपमा प्रदीप यादव र नवलकिशोर यादव मध्ये एकजना जाने सम्भावना छ । जसपामा राज्यमन्त्री लिएर सुशीला श्रेष्ठलाई पठाउनेबारे पनि छलफल भइरहेको नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस