२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने, गृहमा रवि लामिछाने

काठमाडौं । नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्र र अर्थमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको पार्टी स्रोतले जनाएको छ ।

यसअघि हितबहादुर तामाङले मन्त्रीको शपथ लिइसकेका छन् । उनलाई कुनै सामान्य मन्त्रालयको जिम्मेवारी दिने अधिकार अध्यक्षलाई दिइएको छ । गृहमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमा नै आउने लगभग पक्का भएको छ । रास्वपालेपनि निर्णय गरिसकेको छ । एमाले गृहमन्त्री छोड्न तयार भएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस