२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै वा आफ्नो गठबन्धनमा आउने जो कसैको नेतृत्वमा सरकार बनाउँन कस्सिएका छन् । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हठात् गठबन्धन तोडेपछि उनी जसरीपनि प्रचण्डलाई पदच्युत गर्न लागेका हुन् । बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरेका देउवाले अहिले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेट्ने भएका छन् ।
देउवाले ठाकुरलाई फोन गरेर माधवलेपनि मलाई नै समर्थन गर्नुहुन्छ । अब मधेसकेन्द्रीत दलहरुले गर्नु पर्यो । प्रचण्डले विश्वासको मत पाउँदैनन् भनेको एक नेताले बताए । त्यसो हो भने भेटेर कुरा गरौं भन्ने भएपछि बुधबार साँझ ४ बजे देउवा निवास बूढानीलकण्ठमा भेट तय भएको लोसपाका नेता सुरेन्द्र झाले जानकारी दिए ।
देउवाले आज नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनको निवास कोटेश्वरमा भेटेका थिए । नेपालसँगको भेटमा कांग्रेस नेता रमेश लेखक र देउवा पत्नि आरजु राणा पनि थिए । माओवादी केन्द्रले नयाँ गठबन्धन बनाएपछि देउवाले अर्को समीकरणका लागि दलहरुका नेताहरुलाई भेट्ने क्रम बढाएका छन् ।
माधव नेपाललाई देउवाले भने, प्रचण्डले लात्ताले हिर्काए भनेको सह्य भएन सहकार्य गरेर जाऔं