२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रातारात भयो अर्को खेल: कांग्रेस सरकारमा नेपाल प्रधानमन्त्री, रवि गृह र स्वर्णिम अर्थ मन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर नयाँ गठबन्धनले खुट्टा टेक्न नपाउँदै नेपाली कांग्रेसले भत्काउने खेल सुरु गरेको छ । सभापति देउवा नै श्रीमती आरजु र आफू निकट नेताहरुलाई अघि लगाएर प्रचण्डलाई पदच्युत गर्न अफर बाँड्दै हिँडेका छन् ।

बिहानै पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्‍ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर कार्ड दिएर आएका छन् । अहिले दिउँसो राष्‍ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) लाई अफर कार्ड फ्याकेका छन् । रवि लामिछानेलाई गृह र स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको अफर सहित आफ्नो पार्टीबाट सरकार बनाउँन प्रस्ताव गरेका छन् ।

स्रोतका अनुसार उपेन्द्र यादवलाई उपप्रधान तथा परराष्ट्रसहित केही मालदार मन्त्रालय भनेका छन् । राजेन्द्र लिङ्देनलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको आश्वासन बाँडेका छन् । अरु साना दल र स्वतन्त्रलाई समेत मालदार मन्त्रालयको अफर दिएको स्रोतले बतायो । कांग्रेसले अहिले प्रतिशोध लिनका लागि अन्य पावर सेयरिङ्गमा हिस्सेदार बनेर भएपनि सरकारमा थोरै हिस्सा लिएर सरकार बनाउँन जोडबल गरेको बुझिएको छ ।

अहिले संसदमा (२७५) नेपाली काँग्रेससँग ८८, नेपाल कम्युनिष्‍ट पार्टी (एमाले) ७८ ( एक निलम्बन), नेपाल कम्युनिष्‍ट पार्टी (माओवादी केन्द्र) ३२, राष्‍ट्रिय स्वतन्त्र पार्टी २१, राष्‍ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी, नेपाल १२, नेपाल कम्युनिष्‍ट पार्टी (एकीकृत समाजवादी) १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ४, नेपाल मजदुर किसान पार्टी, राष्‍ट्रिय जनमोर्चा, आम जनता पार्टी १–१ र स्वतन्त्र २ सांसद छन् ।

सरकार बनाउँन १३८ सांसदको समर्थन चाहिन्छ । विश्वासको मत पाउनपनि १३८ जनाको मत चाहिन्छ । एमाले, माओवादी र रास्वपा एक ठाउँमा रहँदापनि संख्या १३१ मात्र हुन्छ । ७ जना सांसद अरु खोज्नुपर्छ । यसरी सरकार बने जसपा वा नेकपा एसको स्थायी समर्थन चाहिन्छ । बीचमा भाँडिएको खण्डमा त्यही दिन सरकार ढल्छ ।

कांग्रेसले साँच्चै प्रचण्डलाई लात्ताले हान्न चाहाने हो भने, माओवादी, एमाले सहित (रास्वपा, जसपा वा नेकपा एस) जुनसकै एकलाई प्रतिपक्ष बनाएर सरकार बनाउँन सक्छ । एमाले, माओवादी र रास्वपाको अंकभार १३१ मात्र छ । देउवाले माधव नेपाललाई प्रधानमन्त्री, उपेन्द्र यादवलाई गृहसहित दुई उपप्रधानमन्त्री, आफूले अर्थ राखेर अरु साना दल र स्वतन्त्रलाई समेत मन्त्री बाँडे भने सजिलै सरकार बनाउँन सक्छन् । यसैले अहिले प्रचण्ड र ओली रवि, उपेन्द्र र नेपाललाई जे–जति भन्छन् दिन तयार छन् । देउवापनि पद बाँड्दै हिड्न थालेका छन् ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस