२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्य आज एकैदिनमा बढ्यो तोलाको दुई हजार

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबारको तुलनामा आज एकैदिन तोलाको २ हजार रुपैयाँले बढेको हो । हिजो सोमबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार १४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस