२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधव नेपाल बिरामी : ओलीसहितको सन्देश लिएर नारायणकाजीसँगै प्रचण्ड पुगे कोटेश्वर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई साथमा लिएर कोटेश्वर पुगेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको साझा प्रस्ताव राखेका छन् । प्रचण्ड जानुभन्दा पहिले ओलीले माधवलाई फोन गरेर प्रचण्ड जीले ल्याउने प्रस्ताव मेरोपनि हो है भनेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले एस अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गरिएको बताएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर आउनुभएको छ। उहालाई शीघ्र स्वास्थ्यलाभको कामना, प्रधानमन्त्री सचिवालयको सूचनामा उल्लेख छ ।

नयाँ गठबन्धनमा एसलाई पनि समेटेर लैजानेमा माओवादी केन्द्र तथा प्रधानमन्त्री प्रचण्ड सकारात्मक छन् । तर आफूलाई सूचनासमेत नदिएर गठबन्धन पल्टाएको भन्दै अध्यक्ष नेपाल प्रचण्डप्रति असन्तुष्ट छन् । अध्यक्ष नेपाललाई फकाउन सोमबार दिउँसो पनि नेता नारायणकाजी श्रेष्ठ कोटेश्वर पुगेका थिए । ओलीले समेत फोन गरेपछि सत्ता गठबन्धनमा आउन नेपाल सहमत हुँदै गएको बुझिएको छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस