२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्रीको हैसियतमा दुबईमा रमाइरहेका शरदसिंहको पद उतै हुँदा खुस्कियो

काठमाडौं । एक रातमा भएको राजनीतिक उथलपुथलले देशको सत्ता समीकरण बदलिएको छ । वर्तमान सरकारका अधिकांस मन्त्रीले एकसाथ जागीर गुमाउँदैछन् । हिजो बिहानसम्म पनि यो उलटफेरको कुनै पूर्वसंकेत थिएन । बेलुका अनायास सुरु भएको बालुवाटार दौडले एकैसाथ थुप्रै मन्त्री भुतपूर्व बन्ने भएका छन् । त्यसमध्ये एक हुन् शरदसिंह भण्डारी ।

श्रम तथा रोजगार मन्त्री भण्डारी अहिले यूएईमा छन् । उनी वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको रोजगारी सम्मेलनमा भाग लिन सचिव केवलबहादुर भण्डारीसहित त्यहाँ पुगेका हुन् । सचिव हिजो स्वदेश फर्किए । मन्त्री भण्डारी आज बेलुका फर्किनेछन् ।

श्रम तथा रोजगार मन्त्रीको हैसियतमा यूएई गएका मन्त्री भुतपुर्व बनेर फर्किने निश्चित भएको छ । काठमाडौंमा ओर्लिँदा उनको मन्त्री पद गुमिसकेको हुने छ । सरकारका अन्य मन्त्रीहरुको पनि अवस्था यस्तै छ । आज पार्टीको वैठकमा सहभागी भएका कानून मन्त्री धनराज गुरुङ गाडीमा राखेको झण्डा छोपेर फर्केका थिए । मन्त्रीको हैसियतमा विदेश सयर गरेर नेपाली भूमिमा टेक्दा भण्डारीलेपनि मन्त्री हैसियतको झण्डावाल गाडीमा झण्डा छोप्नुपर्ने बाध्यता आइपरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस