२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सबै मुख्यमन्त्रीमा आलोपालो

२१ फागुन, काठमाडौं । नयाँ गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुको बैठक बसिरहेको छ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा सहभागी माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार नयाँ गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ ।

राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने भन्दै उनले अघि भने, ‘प्रदेशका मुख्यमन्त्रीहरु आलोपालोको आधारमा अगाडि बढाउँछौं ।’ एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ । उनका अनुसार नयाँ गठबन्धनमा एकीकृत समाजवादीलाई पनि समेटेर लैजान पहल गर्ने माओवादीको निर्णय छ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस