२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पारिवारिक विखण्डनले गयो शालिनको बालखमै ज्यान

Shalin died at a child age due to family disintegration

काठमाडौं । शालिन तीन वर्षको छँदा नै उनका आमा-बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा(बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् । चितवनको रत्ननगर नगरपालिका (रनपा) वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा यही फागुन १२ गते कक्षा ८ मा अध्ययनरत छात्रा शालिन पोखरेल मृत अवस्थामा भेटिइन् । घटना भएको एक साता बित्दा पनि उनको हत्या भएको हो वा आत्महत्या हो भन्ने विवरण आधिकारिक रुपमा सार्वजनिक भएको छैन ।

तर उनको बलात्कारपछि हत्या भएको आशंका समेत हुन थालेको छ । यति सानो उमेरमा नै आत्महत्या हुनै सक्दैन भन्ने दाबीपनि छ । घटनामा देखिएका केही प्रमाणलेपनि शंकाका दायरा बढाएको छ । शरीर र यौनांगमा चोट देखिएको रिपोर्ट र मुचुल्कामा देखिएपछि शंकाको पारो झनै बढेको छ ।

यो अकल्पनीय घटनाको कारक पारिवारिक विखण्डनको आँकलन गरिएको छ । रनपा–१५ माधवपुरमा रहेका मावलीले शालिनलाई विद्यालयको होस्टेलमा राखिदिएका थिए । उनका बुवा दीपेन्द्र पोखरेल र आमा सगुन पोखरलले बीच सम्वन्ध बिच्छेद भैसकेपछि शालिन मामा घरकी हजुरआमाको संरक्षणमा थिइन् । आमा बुवा आ–आफ्नै दुनियाँमा मस्त थिए । घटना भएपछि भने चितवन प्रहरी र अस्पतालप्रति विश्वास नभएको भन्दै शालिनका बुवाले भरतपुर अस्पतालमा पोष्टमार्टम गर्नसमेत नदिई शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याएका थिए ।

किनकी सुरुमा प्रहरीले जाहेरी लिन समेत अस्वीकार गर्दै आएको थियो । परिवारका सदस्यले होस्टल भित्रै उनीमाथि बलात्कारपछि हत्या गरिएको दावी गरेका छन् । शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ । घाँटीमा डोरीको डाम छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा शरीरका अन्य भागमा कुनै बाहिरी चोटपटक नभेटेको बताएको छ । घटनापछि प्रहरीले किटानी जाहेरीका आधारमा विद्यालयका प्रिन्सिल ६० वर्षीय बालहरि देवकोटा, सहायक प्रिन्सिपल ४० वर्षका किरणबहादुर अधिकारी र होस्टल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई सोही दिन पक्राउ गरेको थियो । शालिनका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न चितवन प्रहरीले अदालतबाट सात दिनको म्याद थप लिएको छ ।

लामो समय बुवा–आमाको ममताबाट टाढिएकी थिइन् शालिन

शालिन तीन वर्षको छँदा नै उनका आमा र बुवाको सम्बन्ध बिच्छेद भएको थियो । आमा-बुवा बीच सम्वन्ध बिच्छेद भएपछि उनी कहिले काकासँग त कहिले मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् । शालिनको बुबा दक्षिण अफ्रिकामा र आमा दुवईमा बस्दै आएका थिए । बुवा केही समय अगाडि मात्रै नेपाल आएका हुन् । बुवा र आमा दुवैले विदेशमा अर्को विवाह गरेर बसेका थिए । आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेकी थिइन् भने बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमतीका साथ बसिरहेका छन् ।

उनीहरुले होस्टेलको वार्डेनमार्फत बेलाबखत छोरीसँग फोनमा कुराकानी गर्ने गरेका थिए । लामो समयदेखि बुवा–आमाको ममताबाट टाढिएकी थिइन् शालिन । घटनापछि भने उनका बुवा–आमा दुबै मिलेर पत्रकार सम्मेलनसमेत गरेका छन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस