२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण बलिङ, क्षणभरमा ७ विकेट ढाल्दा प्रतिश जिसीको ह्याट्रिक

Sensational bowling of Nepal against the Netherlands, Pratish JC's hat-trick after dropping 7 wickets in a moment

काठमाडौँ । काठमाडौँमा जारी टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम खेलमा नेपालले अहिले नेदरल्याण्ड्ससँग खेलिरहेको छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले टस हारेर पहिले बलिङ गर्दै सनसनीपूर्ण प्रदर्शन गरेको छ । पहिलो ओभरमै नेपालले दुई विकेट झारेको थियो । १४ ओभरभित्र नै नेपालले अहिले सात विकेट लिइसकेको छ । १४.३ ओभरमा व्यक्तिगत तेस्रो विकेट लिँदै प्रतिश जिसीले देशका लागि सातौं विकेट लिए । प्रतिश जिसीको ह्याट्रिक गरे । ९.६ ओभर र ९.५ कुशल मल्लले छैटौं र पाँचौ विकेट लिए । ८.५ र ८.१ ओभरमा प्रतिश जिसीले लगातार दुई विकेट लिएका थिए ।

करण केसीले पहिलो ओभरमा दुवै विकेट लिएका थिए । फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो ।

श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । नेदरल्याण्ड्सको रन रेट १।५२५ रहेको छ । नेपालको रन रेट माइनस ०।३१७ तथा नामिबियाको माइनस ०।७०० रहेको छ ।

यो अवस्थामा नेपालले फराकिलो जित हासिल गर्दा लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया भिड्नु पूर्व नै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ । तर यदि नेपाल पराजित भएका खण्डमा वा झिनो जितले भने आइतबार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

नेपालले नेदरल्याण्ड्सँग झिनो हार बेहोरेको खण्डमा आइतबारको खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि फराकिलो जित निकाल्दा पनि नेपाल फाइनलमा पुग्न सक्छ । तर नेपालले आजको खेलमा नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गर्दा नेपालको रन रेट मजबुद हुँदा स्वतः फाइनलमा पुग्नेछ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस