२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हर्क साम्पाङको सुदन किराँतीमाथी गाली : तँ हुतीहारा, गोज्याङ्ग्राको नियम परिवर्तन गर्छु

काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीविरुद्ध सामाजिक सञ्जालमा लेखेर मात्र नपुगेर भिडिओ नै जारी गर्न थालेका छन्। नागरिक उड्डयन प्राधिकरणले सम्भाव्यता अध्ययन गरी धरान उपमहानर क्षेत्रमा विमानस्थल बनाउन नमिल्ने निष्कर्ष निकालेपछि आक्रोशित मेयर साम्पाङले मन्त्री किराँतीविरुद्ध सामाजिक सञ्जालमार्फत निरन्तर गालीगलौज गरिरहेका छन्।

मन्त्री किराँतीविरुद्ध झन्डै दर्जन स्टाटस लेखिसकेका मेयर साम्पाङले पछिल्लो समय भिडिओमार्फत पनि गाली गर्न थालेका हुन्। उनले सामाजिक सञ्जालमा राखेको भिडिओमा उनी सानो भेलाजस्तोलाई सम्बोधन गरिरहेका छन्। मन्त्री किराँतीलाई ‘हुतीहारा, गोज्याङ्ग्रा’जस्ता शब्दले गाली गर्दै उनले अब आफ्नै पहलबाट धरानमा विमानस्थल बनाउने दाबी गरेका छन्। उनले तँ भन्दै नियम र नीति समेत परिवर्तन गरेर विमानस्थल बनाएरै छोड्ने दावी गरे ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस