२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दिपेन्द्रसिंह ऐरीको चमत्कारीक ब्याटिङका बाजुदपनि नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

Dipendra completed his half-century in a tough match against the Netherlands

काठमाडौं । दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ गरे पनि नेपाल त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा २ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन मात्र बनायो ।

नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए, कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । दिपेन्द्रले ३४ बलमा ६३ रन जोड्दै नेपाललाई जित नजिक पुर्याए । तीन बलमा जितका लागि नेपाललाई मात्र चार रन बाँकी हुँदा दिपेन्द्र नै आउट हुन पुगे । त्यसपछिको दुई बलमा नेपालले लक्ष्य हासिल गर्न सकेन । खेल निक्कै शनसनीपूर्ण रह्यो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस