२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेदरल्याण्ड्सलाई जित्न नेपाल कमब्याक हुँदै गर्दा आशिफ आउट

Nepal have added 65 runs losing 2 wicket Netherlands posts 184 on the board

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले पाएको १८५ रनको लक्ष्य पूरा गर्न नेपाल कमब्याक भएको छ । सुरुवात राम्रो नरहेपनि अहिले सुधारिएको छ । खेल सुधारिएकै बेला आशिफ शेखसहित नेपालको दुई विकेट गुमेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट अर्धशतक पूरा गर्नबाट १ रनले चुके । उनी ४९ रनमा नट आउट रहे । स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए । पहिलो रन पूरा गरेरका स्कट एडवार्ड्सले दोस्रो रन पूरा गर्ने क्रममा जम्पका साथ उत्कृष्ट ड्राइभ गरके थिए । तर अम्पायर देवेन्द्र सुवेदीले रन आउटको संकेत गरे ।

दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् । खेलमा आसिफ शेख र कप्तान रोहित पौडेलले बराबर २२ बल खेल्दा नेपालले ६५ रन जोड्यो । आसिफले २२ बलमा ३४ रन र रोहितले २२ बलमा २९ रन जोडेका छन् । आसिफ र कुशल भुर्तेल आउट भइसकेका छन् । कुशलले ४ बल खेल्दा एक रनपनि जोड्न सकेनन् ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस