२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिकोणात्मक टी-२० आई सिरिज : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै, खेल जित्न को कति बलियो ?

१६ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।

नेपालले आज टोलीमा दुई परिवर्तन गर्ने बलियो सम्भावना छ । अनिल शाह र ललित राजवंशीलाई मौका दिने देखिन्छ । अनिललाई ब्याटिङ र ललितलाई स्पिन बलिङ मजबुत बनाउन मौका दिने देखिन्छ । यी दुई खेलाडीलाई मौका दिँदा नामिबियाविरुद्ध ६ रनमा आउट भएका आसिफ शेख र ५ रन जोडेका सन्दीप जोरा बाहिर हुने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना भने कम छ ।

कुशल भुर्तेल नामिबियाविरुद्ध पहिलो बलमै आउट भएका थिए । भूर्तेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उता नामिबियाका ओपनर म्याक्स ओडाउड र माइकल लेभिट दुई प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके नेपालले खेलमा दबाब बढाउन सक्छ । अन्यथा लेभिट र ओडाउडले आफ्नो आक्रामक क्रिकेटमा विशाल योगफलको आधार तय पार्न सक्छन् ।

लगातार विश्वकप खेल्दै आएको डच टोली दबाबमा खेल्न जानेको छ । टी-२० को लागि मात्रै दुई तीव्र गतिका बलर फर्द क्लासेन र टिम भान डर गुग्टेन टोलीमा जोडिएका छन् । नेदरल्यान्ड्समा तेजा निडाामानिरु, बास डि लिडे र स्कट एडवार्ड्सले मध्यक्रम ब्याटिङ सम्हाल्ने छन् । बास डि लिडे, म्याक्स ओडाउड र फर्द क्लासेन प्रमुख हतियार हुन् ।

हेड टु हेड

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म टी-२० आई खेलमा ९ खेल भएका छन् । समान ४ खेलमा जित र हार नेपालले व्यहोरेको छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । पछिल्लो पटक नेदरल्यान्ड्स र नेपालबीच टीयुमा त्रिकोणात्मक सिरिजमा २०२१ मा तीन खेल भएका थिए । नेपाल फाइनलसहित दुई खेलमा विजयी भएको थियो । बास डि लिडेले ८१ रनको अविजित इनिङ खेलेपछि २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस