२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निषेधित क्षेत्र तोड्दै संसद भवन छिरे लघुवित्त ऋणी : रोक्न प्रहरी नै ढले पछारिए तर हारे

Nepali Samsad

काठमाडौं । लघुवित्त ऋणीहरूले संसद भवन परिसरमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणी सोमबार दिउँसो छिरेका थिए ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर, लघुवित्त ऋणीहरुले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारी पक्राउ परेका छन् । उनीहरुले आफूहरू गोली खान पनि तयार रहेको भन्दै संस्द परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस