२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यती समूहका अध्यक्ष शेर्पाको आत्मकथा ‘हिम्बु’ सार्वजनिक, पढ्दा–पढ्दै कतै रोइन्छ त कतै हाँसिनेछ

काठमाडौं । पर्यटन व्यवसायी एवं पर्वतारोही लाक्पा सोनाम शेर्पाबारे लेखिएको आत्मकथा ‘हिम्बु’ सार्वजनिक गरिएको छ । पहिलो सगरमाथा आरोहण दलका एक मात्रै जिवित सदस्य कान्छा शेर्पाले सो पुस्तक आइतबार लोकार्पण गरेका हुन् ।

हिम्बुमा शेर्पाले आफ्नो परिवारले कसरी देशको पर्यटन र उड्डयन व्यवसाय सञ्चालन गर्न के कस्ता संघर्ष गर्नुपर्यो ? सो कुरा वर्गन गरिएको छ । हिम्बुको अर्थ हिमालको छोरो हो । यती समूहका अध्यक्ष शेर्पाले सात महादेशका सात सर्वोच्च शिखरहरु आरोहण गरिसकेका छन् । यती एयरलाइन्स र तारा एयरका समेत अध्यक्ष रहेका शेर्पाको लगानी रहेको हिमालय एयरलायन्सले अन्तर्राष्ट्रिय उडान गर्छ ।

उनको होटल तथा रिसोर्टसहित पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको छ । उनको ट्रेकिङ एजेन्सी नेपालकै सबैभन्दा बढी कर तिर्ने कम्पनीमा पर्दछ । उनको बाल्यकालदेखिको संघर्ष पुस्तकमा रहेको पुस्तक विमोचनपछिको छोटो कुराकानीमा प्रस्तोता दिलभुषण पाठकले खुलाए । उनले पुस्तक पढ्दा पढै आफैपनि कही रोएको र कही बेजोडले हाँसेको खुलाएका थिए ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस