२०८१ मङ्सिर १० गते सोमवार | 2024 November 25th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रसूतिबाट गृह शिशु चोरी, मास्क लगाएकी महिलाले लगेको देखियो

११ फागुन, काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ ।

अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरी कहाँ खबर गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए । अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अनलाइनखबरसँग कुरा गर्दै पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताएका छन् ।

‘चिनजान नभएको महिलालाई एकछिन बच्चा हेरिदिनु भन्दै रिपोर्ट लिन जानुभएको रहेछ’, उनले भने, ‘आउँदा महिला हिँडिसक्नु भएको रहेछ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस