२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेशागत महासंघले माग्यो तीन मन्त्री र मुख्य सचिव अर्यालको राजीनामा

Professional Federation

काठमाडौं । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजीनामा माग गरेको छ । महासंघको चौथौ बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजीनामा दिनुपर्ने अडान महासंघको रहेको जानकारी दिए ।’

साथै उनले आरोपित द्वयलाई राजीनामा दिइ अनुसन्धालाई सहयोग गर्न आग्रह गरे । महासंघको गत माघ २८ र २९ गते काठमाडौमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको हो । कार्यक्रममा ट्रेड युनियन माथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामति कर्मचारीहरुलाई उनीहरुको पेशागत हक अधिकारबाट बन्चित गराउन नहुने बताए । ’

कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उनले बताए । कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसकोे निमूर्लिकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एण्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिए । बैठकमा बालकुमारी हत्याकाण्डका दोषि नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने महासंघका अधिकांश सदस्यहरुले धारणा राखेका थिए ।’

त्यस्तै एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै कानून कार्यान्वयन गर्न गराउन सरकारको ध्यानाकर्षणका कार्यक्रम जारी राख्ने निर्णय भएको छ । नेपाल सरकाले कानून र आस्थामा प्रहार गदै लुम्बिनीको रामग्रामको जग्गा लिजमा दिएको भन्दै सो कुरा सच्चाउन महासंघले जोड दिएको छ । आस्थामा प्रहार गर्ने तथा कानून लत्याउने तीन जान मन्त्रीहरु र मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने महासंघका सदस्यहरुको धारणा थियो । पेशागत महासंघ नेपाल नेकपा (एमाले) को जनवर्गीय संगठन हो । यहाँ विभिन्न पेसागत संगठनहरु सदस्य रहेका छन् । ’

 

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस