२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले बैठकमा प्रस्तुत भएका ४ वटा कार्ययोजनामा ९ समूह बनाएर छलफल

८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा ४ वटा कार्ययोजनाहरु प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक विषयमा, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको शुद्धीकरण तथा सुदृढीकरणका विषयमा कार्ययोजना प्रस्तुत गरेका छन् ।

त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माण र यसका समस्याका विषयमा, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपमहासचिव प्रदीप ज्ञवालीले जनसरोकार र जनदबाबका कार्यक्रमको खाकाका विषयमा कार्ययोजना पेश गरेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ती कार्ययोजनामाथि छलफल गर्न केन्द्रीय कमिटी सदस्यलाई ९ समूहमा विभाजन गरिएको छ ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरुको अर्को समूह रहेको गौतमले जानकारी दिए । बैठक तीन दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस