२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोरखामा मन्दिर पुनर्निर्माण गर्दा टुँडालको बुट्टा गायब

८ फागुन, गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० मीरकोटस्थित विश्वेश्वर महादेव मन्दिर पुनर्निर्माणका क्रममा अति दुर्लभ टुँडालको बुट्टा नै गायब भएको छ ।

करिव चार सय बर्ष पुरानो ऐतिहासिक उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएपछि नियाल्दा यस्तो खुल्न आएको हो ।

यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायब बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताए । ‘पहिले बुट्टा भएको टुँडालहरु थिए, पुनर्निर्माण गर्दा त्यो कता लगेर राखे, अहिले बुट्टा नभएको सामान्य टुँडाल हालेका छन्’, उनले भने । यसले मन्दिरको ऐतिहासिक स्वरुप नै गुमेको पुजारी गिरीको भनाइ छ । मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना राखिएकोप्रति पनि स्थानीयले असन्तुष्टी जनाएका छन् । ‘हामीले किन कुखुराको भाले बनाएको भनेर सोध्दा राम्रो देखिएको छ भनेर त्यसै हाँसोमा उडाए’, स्थानीय हरिमाया थापाले भनिन्, ‘विश्वेवर महादेवलाई भालेश्वर बनाइदिए, भोग नदिने ठाउँमा किन कुखुराको भाले बनाको ?’

वडाध्यक्ष ऋषिराज धौरालीले पनि पुनर्निर्माणमा लापरवाही भएको बताए । ‘हामीले पनि कुखुरा भाले बनाउन हुदैन भनेका थियौं, तर हाँस हो भनेर टारे’, उनले भने । मन्दिर पुनर्निर्माणको क्रममा चुना सुर्की कम, माटो बढी प्रयोग भएको वडाध्यक्ष धौरालीले बताए । ‘पुराना काम नलाग्ने झिंगटी पनि हालेका थिए, विरोध गरेर हामीले एकदिन काम पनि रोकिदिएका थियौं’, उनले भने ।

२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालय रेखदेख गर्ने गरी २०७८ असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको थियो । मन्दिर पुनर्निर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताए । ‘मन्दिर पुनर्निर्माणका लागि ९० लाख रुपैयाँ विनियोजन भएको थियो’, गोरखा संग्रहालयका तत्कालीन प्रमुख नवराज अधिकारीले भने, ‘तर निर्माण कम्पनीले घटेर ठेक्का हालेकाले भ्याटसहित ७३ लाख ७४ हजार रुपैयाँमा सम्झौता भएको थियो ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस