२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल ए ले क्यानडाविरुद्ध सन्दीपको कप्तानीमा फिल्डिङ गर्दै

८ फागुन, काठमाडौं । नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

कप्तान विनोद भण्डारी आज टोली नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो ।

आज नेपालले पहिलो खेलबाट दुई परिवर्तन गरेको छ । रिजन ढकाल र शेर मल्ललाई मौका दिएको छ । विनोद भण्डारी र प्रतिश जि.सीलाई बाहिर राखेको छ । यू-१९ का ओपनर अर्जुन कुमालले किपिङ गर्नेछन् ।

नेपाल-ए को प्लेइङ ११

सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल (विकेटकिपर, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।

बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, विनोद भण्डारी र प्रतिश जि.सी. ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस