२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दीपेन्द्र टिममा फर्किदा नेदरल्याण्ड्समाथी नेपालको दवदवा

dipendra singh airee wickets

काठमाडौं । नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी टिममा फर्किएका छन् । आइएल टी–२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध उनी टिममा फर्किएका हुन् । नेपालले नेदरल्यान्डविरुद्ध दुई परिवर्तन गरेको छ । पवन सर्राफ र करण केसीलाई बाहिर राख्दै दीपेन्द्र र देव खनाल टिममा परेका छन् । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आज शक्तिशाली टीम नेदरल्याण्ड्समाथी नेपालले दवदवा कायम गरिरहेको छ ।

नेपाली टीम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, अनिलकुमार शाह, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, देव खनाल, ललित राजवंशी

 

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस