२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पावरप्लेमा नेदरल्याण्ड्समाथि नेपालको दबाब

Nepal's pressure on Netherlands in Powerplay

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि दबाब बनाएको छ । पहिलो पावरप्ले अर्थात १० ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले २ विकेट गुमाएर २८ रन बनाएको छ । त्यसपछिको दुई ओभरमापनि नेपालले कडा चुनौती दियो ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटको विकेट लिए । जतिबेला नेदरल्याण्ड्सले खाता नै खोल्न सकेको थिएन । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए । उनी टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए । अहिले ११.५ ओभरमा नेदरल्याण्ड्स दुई विकेट गुमाउँदै ३२ रन जोडेको छ ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस