२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी पुनः निर्वाचित, सिंगो पदाधिकारीमा त्रिपाठी प्यानलको जित

Bhumi Tripathi

धादिङ, फागुन ३ । नेकपा (एमाले) धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी भएका छन् । एमाले जिल्ला कमिटी धादिङको नवौं जिल्ला अधिवेशन अन्तर्गत बिहीबार सम्पन्न मतदानमा ३ सय ९ मत ल्याएर त्रिपाठी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २ सय ३८ मत पाए । अध्यक्षमा निर्वाचित त्रिपाठी यसअघि पनि अध्यक्ष हुन् ।

अधिवेशनमबाट उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा तथा उपसचिवमा उर्मीला रेग्मी र भक्त बहादुर लामिछाने विजयी भएका छन् । पदाधिकारीमा बिजयी सवै त्रिपाठीकै समूहबाट निर्वाचनमा होमिएका थिए । चुनावी परिणाम आउँदा अधिकारी समूहका एक जना पनि पदाधिकारीमा विजयी हुन सकेनन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस