२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ललितपुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि, सचेत रहन आग्रह

'African swine fever' infection confirmed in Lalitpur

२५ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरले ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ ।

‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउनु हुन तथा देहायका उपाय अवलम्बन गर्न हुन पशु सेवा शाखा हार्दिक अनुरोध गर्दछ । महानगरले किसानलाई फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न भनेको छ ।’

यस्तै बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर फर्मालिन लगायत उपाय प्रयोग गरी निःसंक्रमण गर्न पनि भनेको छ । महानगर पशु शाखाले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्टाएर अलग्ग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने भनेको छ ।’

घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ । यस्तै अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएरमात्र स्वस्थ सुँगुर, बङ्गुर वा मासु ओसारपसार गर्नुपर्ने भन्दै होटल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउन भनेको छ । महानगरले जारी गरेको सूचनामा तयारी दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएर मात्र खुवाउन भनेको छ ।’

हेर्नुहोस् सूचना :

 

प्रकाशित मिति : २०८० माघ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस