२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

Former minister Keshav Kumar Budhathoki passed away

बिर्तामोड । नेपाली कांग्रेसका पुराना नेता केशवकुमार बुढाथोकीको गएराति निधन भएको छ । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बुढाथोकीको सोमबार राति ८० वर्षको उमेरमा निधन भएको हो । बुढाथोकी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।

पछिल्लो समय उनको मिर्गौलामा समेत समस्या देखिएको थियो । झापा अर्जुनधारा निवासी बुढाथोकी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र गणतन्त्र प्राप्तपछि सामान्य प्रशासन मन्त्री बनेका थिए । उनी साविकको शनिश्चरे गाउ“ पञ्चायतका प्रधानपञ्च, झापा जिल्ला पञ्चायतका सभापति, राष्ट्रिय पञ्चायतका सदस्य हुँदै २०६४ को निर्वाचनमा झापा क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद तथा २०७० को संविधानसभा सदस्य समेत थिए ।

‘सेतो बाघ’ उपनामले समेत चिनिने बुढाथोकी हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्थे । उनले पूर्व राजा विरेन्द्र शाहसँगै भारतको दार्जिलिङमा अध्ययन गरेका थिए । बुढाथोकीका दुई छोरा र एक छोरी छन् ।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस