२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अरुण चौधरीसहितका ३ जनालाई २ दिन भन्दा बढी हिरासतमा नराख्न अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगी एवम् व्यवसायी अरुण चौधरीसहित तीन जनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ । बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेकाउनीहरुलाई २ दिन भित्रै हिरासत मुक्त गर्न काठमाडौं जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आदेश दिएको हो ।

दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई सोमबार अदालतमा उपस्थित गराएको थियो । अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस