२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बैंकिङ कसुरमा ४ करोड रुपैयाँ जरिबानाको फैसलापछि फरार भएकी महिला पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई ४ करोड रुपैयाँ जरिवानाको फैसलापछि फरार भएकी एक जना महिला पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काभ्रेको बनेपा नगरपालिका–६ बस्ने ४५ वर्षीया मन्दिरा केसीलाई हिजो पक्राउ गरेको हो ।

केसीले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर आफू सञ्चालक रहेको घराना डेभलपर्स प्रालीलाई ऋणी बनाई घरानाको नाममा चाँगुनारायण– ७ र ९ मा दर्ता रहेको जग्गा धितो राखी ऋण लिएकी थिइन् । तर उनले तोकिएको परियोजनामा लगानी नगरि दुरुपयोग गरेपछि बैंकिङ कसुरको मुद्दा परेको थियो ।

यो मुद्दामा केसीलाई साविक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते तीन महिना कैद र चार करोड रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो । यो सजाय बेरुजु भई फरार रहेकी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस