२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घर रातिदेखि बिहानसम्म जलिरह्यो, भित्रै छन् दुई छोराछोरी भन्दै आमा सरस्वती चिच्याइरहिन्

काठमाडौं । गएराति मुगु खत्याडको एक घरमा आगलागी हुँदा एकै घरका दुई जना बालक बेपत्ता भएका छन् । जिल्लाको पश्चिम खत्याड गाउपालिका–२ गाडेखोला गाउँस्थित लालु माठागाइको घरमा आगलागी हुँदा दुईजना बालक बेपत्ता भएको र घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले दिएको जानकारीअनुसार राती बालबच्चासहित आमा सरस्वती सन्ज्याल, १४ वर्षका छोरा विशाल सन्ज्याल र १२ वर्षकी छोरी झरना सन्ज्याल घरको गोठमा सुतेका थिए । सुतिरहेको बेला तातोको लागि बालेर राखेको आगो गोठमा सल्किएको थियो । आमा भने बाहिर निस्कन सफल भएकी थिइन् ।

घटनालगतै प्रहरी चौकी श्रीकोटबाटखटिएको सुरक्षाकर्मी र स्थानीयले घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयाय गरिरहेका छन् । आगो सोमवार विहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । काठको प्रयोगबाट बनाइको कच्ची घर भएकोले आगो झन फैलिएको प्रहरीले जनाएको छ । सोमबार विहानसम्म पनि दुई बच्चा नभेटिएको र आमाले बच्चा बाहिर ननिस्किएको भनी रोइरहेकाले दुबै बालबालिका जलिसकेको हुनसक्ने प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ । पीडित सरस्वतिका श्रीमान लालु माठागाइ कामको शिलशिलामा भारतमा छन् ।

 

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस