२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्घटनामा परी अस्मिताको मृत्यु : मोटरसाइकल दिने सिद्धान्त पक्राउ

Road Accident

सर्लाही, माघ २१ गते । सर्लाहीको बागमती नगरपालिका–१२, भरतताल नजिक शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिका–७, की १९ वर्षीया अस्मिता रायको मृत्यु भएको हो । भरत तालबाट बरहथवातर्फ जाने सडकमा मधेस प्रदेश–०३–२५ प ५९२७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई पल्टिँदा अस्मिता गम्भीर घाइते भएकी थिइन् ।

उनलाई बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपश्चात् चन्द्रपुर सरकारी अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, कै २६ वर्षीय मुन्ना यादव सामान्य घाइते भएका छन् ।

चालक यादव र मोटरसाइकललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भरत तालमा घुमफिरका लागि आएका उनीहरू दुर्घटनामा परेका हुन् । प्रहरीले अस्मिता र मुन्नासँगै घुमफिरका लागि आएका मोटरसाइकल धनी २१ वर्षीय सिद्धान्त कुमार शर्मालाई पनि नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस