२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आंफुले ल्याएका विकास निर्माण योजनमा कांग्रेसले जनता झुक्याएपछि सांसद चौधरीको आपत्ति

इटहरी सुनसरी । क्षेत्र न ३ को रणनैतिक सडक चतरा नहर बाट एकम्वा, चांदबेला, औराबनी, छिटा चिमडी देखि अमरुवा सम्मको सडक खण्ड को चांदबेला खण्ड निरिक्षणमा पुग्दा उप्त सडकको बजेट कांग्रेस नेता बिजय गच्छेदारले पारेको भन्ने कांग्रेसका कार्यकर्ताको कुरा सुनेको भन्दै स्थानीय ले सुनाएपछि संसद चौधरिले ले आपत्ति जनाउनु भएको हो। उप्त सडकको योजना केपी ओलीको दोस्रो कार्यकाल मा बसन्त नेम्वांग भौतिक योजना मन्त्रि भएको समयमा बजेट किताब ( रेड बुक ) मा समावेस भएको थियो। यो समयमा कांग्रेस का संसद गच्छेदार निलम्वनमा थिए। अहिले सो क्षेत्रका कांग्रेसका नेताहरु उप्त सडक योजना आफुहरुले पारेको भन्दै हिड्ने गरेका छन्। जुन गलत हो।

राजनीतिक नेतृत्वले झुट बोल्न र जनता झुक्याउन नहुने भन्दै संसद चौधरीले भन्नु भयो : निर्वाचन क्षेत्र केन्द्रित रणनैतिक सडक को अवाधरणा नै केपी ओली सरकारको पालामा आएको हो। सो समयमा यो सडकको लागि बिस करोड बजेट परेको थियो, सरकार परिवर्तन संगै देउवा सरकारले दस करोड बजेट घटाएर १० करोड मात्रै दियो ( आधा मात्र दियो ) अनि अहिले गाउँ गाउँमा नेपाली कांग्रेसले ल्याएको योजना हो भन्दै हिंडेर हुन्छ ? कम्तिमा सत्य त बोल्न पर्छ नि। आजका जनता तेती नबुझ्ने छन् र ? निलम्वित संसद को के भूमिका हुन्छ र गच्छेदार ले बजेट दिने ? उंहा त ललित निवास काण्डमा निलम्बित हुनुन्थ्यो।

रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी गर्नु भएको छ । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् ।
हेर्नुहोस् भिडियो।

रणनीतिक सडकको चतरा नहरबाट एकम्बा–चाँदबेला–औरावनी–छिटाहा–चिमडी देखि अमडुवासम्मको सडक खण्डको इनरुवा चाँदवेला क्षेत्रमा निरीक्षण गर्दा साइड ड्रेन निर्माणमा लापरवाही गरिएको, एकनासले ड्रेन निर्माण नगरेको तथा दैनिक धुलो, हिलोले स्थानीयबासी प्रताडित भएको पाएपछि सांसद चौधरीले लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न कार्यालय प्रमुख साहलाई निर्देशन दिएकी हुन् ।

‘म अहिले चाँदबेला मै छु, काम त राम्रो भएको छैन । ठेकेदारलाई बोलाएर सोध्नुस, अनुगमन गर्नुस् ।’ चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख साहलाई निर्देशन दिइन् ।

रणनीतिक सडकका लागि सांसद चौधरीले संघीय सरकारबाट बजेट विनियोजन गर्न ठूलै कसरत गरेकी थिइन् । गत आर्थिक वर्ष सांसद चौधरीकै प्रयासमा २० करोड रुपैंया विनियोजन भएको थियो भने, चालू आर्थिक वर्षका लागि १० करोड रुपैंया विनियोजन भएपनि सडक निर्माणको कामभने सुस्तगतीमा हुँदा स्थानीय आक्रान्त बनेका छन् ।

गत वर्षको फागुनदेखि बन्द रहेको सडक निर्माण कार्य केही दिन यता पुनः सूचारु भएपनि साईड ढलानमा लापरवाही र सुस्तगतीमा भइरहेको अनुगमनको क्रममा स्थानीयले सांसद चौधरीलाई जानकारी गराउँदै धुलो र हिलोले स्थानीयहरु सडकमा हिँड्नै नसक्ने अवस्था रहेको बताए ।

स्थानीय नेता कार्यकर्ता सहित क्षेत्रमा भइरहेका रणनीतिक सडक, पुल लगायत विकास निर्माणका कार्यहरुको अनुगमनमा रहेकी चौधरीले जनतालाई सास्ती नहुने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिइन् । सो क्रममा प्रमुखले सडक निर्माणमा ठेकेदारबाट भएका लापरवाहीमा आवश्यक अनुसन्धान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस