२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाँदर र बँदेलले दुःख दिएको भन्दै गुल्मीमा जंगल फडानी, पोखरामा रुख काट्न वडाध्यक्षको आदेश

१६ माघ, गुल्मी । जंगली जनावरले दुःख दिएको भन्दै गुल्मीको रेसुंगा नगरपालिका–१ तम्घासमा जंगलका रुख काटिएको छ । बाँदर र बँदेलले दुःख दिएको भन्दै निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी फाँडिएको वडा कार्यालयले जनाएको छ ।

तम्घासको उदिनढुंगास्थित आदर्श कोडिङ स्कुलदेखि तीनधारा हुँदै वडा नम्बर २ को सिमानासम्म्को रुख काटिएको हो । गाउँमा मान्छेको बसोबास घट्दै गएपछि झाडी बढेको, बाँदर र जंगली जनाबरबाट बाली जोगाउन समस्या परेको गुनासो बढेपछि कुकाठ र झाडी फडानी गरेको वडाध्यक्ष रामप्रसाद पन्थीले बताए ।

बाँदरले बारीको खेती मात्र नभई घरमा आएर पकाएको खानासमेत खाइदिएको गुनासो आएको उनको भनाइ छ । नागरिक तहबाट व्यापक गुनासो आएपछि वडा कार्यालय र सर्वधारणको भेलाबाट झाडी फडानी गरिएको हो ।

गतबर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार रुपैयाँ भुक्तानी दिएको थियो । त्यसबाट राम्रो प्रतिफल नआएको वडाअध्यक्ष पन्थीले बताए । वडाभित्र रहेका कुकाठ काट्ने र झाडी फाँड्ने काम ६० प्रतिशत सकिएको वडाकार्यालले जनाएको छ । यो कामका लागि ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

फडानी गरेको खाली जग्गामा कागती, टिमुर, अदुवा, पिडालु, बेसार लगायतका फलफूलका विरुवा रोप्ने वडा कार्यालयले जनाएको छ । कास्किको पोखराका एक वडाध्यक्षलेपनि बाँदरबाट सास्ति भोगेका नागरिकलाई आफ्ना रुख आफै काट्ने अभियान नै चलाउन आदेश दिएका छन् । रुख काटेर बाँधर आउन कम हुन्छ भन्ने वडाध्यक्षको सोचको आम नागरिकले खिल्ली उडाइरहेका छन् ।

 

 

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस