२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि बढ्यो सुनको मूल्य

Today Gold price in Nepal

१५ माघ, काठमाडौं । विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि यसको असर देखिएको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिनसम्म प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी सोमबार १४ सय ५ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस