२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सय रन नजोड्दै नेपालले लियो अफगानिस्तानको आठौं विकेट

Nepal took Afghanistan's eighth wicket without scoring a hundred runs

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न निर्णायक खेलमा अफगानिस्तानको आठौं विकेट लिएको छ । स्पिनर दीपेश कँडेलले २१ औं ओभरको तेस्रो बलमा अरब गुललाई शून्यमा एलबीडब्लू आउट गरे ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले २१ ओभरमा ८ विकेट गुमाउँदै ८८ रन बनाएको छ । सातौं विकेटको रुपमा मोहम्मद अल्लाह घजान्फर २१ बलमा ४ चौका र ३ छक्कासहित ३७ रनमा आउट भएका थिए । एक समय ४३-६ को अवस्थामा पुगेको टोलीलाई झिनो आशा बचाउन उनले आक्रामक क्रिकेट खेलेका थिए ।

उनी स्पिनर तिलकराज भण्डारीको बलमा ठूलो सट खेल्ने धुनमा सुवास भण्डारीबाट क्याच आउट भए । नेपाललाई तीव्र गतिका बलर गुल्शन झाले पहिलो ओभरको चौथो बलमा ओपनर नौमान साहलाई शून्यमा क्याच आउट गरे । उनी टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भएका थिए । त्यसपछि आकाश चन्दले पाँच विकेट लिदै खेलमा हाबी गराएका थिए ।

आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । जाश्मिद जद्रानलाई ३ रनमा बोल्ड आउट गरे । त्यसपछि सोहिल खानलाई ४ र अली अहमदलाई शून्यमा आउट गर्दै ३४-५ को दयनीय अवस्थामा पुर्‍याएका आकाशले २० रन बनाएका हसन इशाखिललाई आउट गर्दै आफ्नो पाँचौं विकेट लिएका थिए ।

 

प्रकाशित मिति : २०८० माघ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस