२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीमा रुक्मिणीको जितले सत्तारुढ गठबन्धनमा भूइचालो

इटहरी /सुनसरी। राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशको महिला कोटामा नेकपा एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी छन् सत्तारुढ गठबन्धनको उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएकी हुन् ।

गठबन्धनका संसद र जनप्रतिनिधि ले नै माथिको निर्णय क्रस गरेपछि सत्तारुढ गठबन्धनमा भूइंचालो गएको छ। क कसले भोट दिएको र कसले नदिएको अनुमान गर्न सहज भएको भन्दै गठबन्धनका एक नेताले भने धोका दिनेलाई पाटीले कारबाही गर्ने छ। क कसले क्रस गरे सबै हामीलाई जानकारी भैसक्यो।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएकी रुक्मिणी कोइराला इटहरी २ निवासी हुन्। उनी एमालेको तर्फबाट राष्ट्रियसभा निर्वाचनमा माओबादीकी चम्पादेवी कार्कीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।भूमिगत गतिविधिबाट राजीतिमा सक्रिय बनेकी कोइराला ०४६ सालपछि राजनीतिमा उदाएकी नेत्री हुन् ।२०७९ को स्थानीय तह निर्वाचनमा उनी इटहरी उपमहानगरपालिकाको उपप्रमुखको दाबेदार थिइन् । तर पार्टीले संगीता चौधरीलाई टिकट दियो। चौधरी उपमेयरमा निर्वाचित भइन् । टिकट नपाएपनि कोइराला पार्टी अभियानमा लागिरहिन् । एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन् ।

प्रदेशसभातर्फ एमालेकी कोइरालालाई ४९ र कार्कीलाई ४४ जनाले मतदान गरे । प्रदेशसभामा कोइरालाले २५९७ मतभार र कार्कीले २३३२ मतभार पाइन् । स्थानीय तहतर्फ काेइरालालाई १३१ जना र कार्कीलाई १४० जनाले मतदान गरेका थिए । जस अनुसार कोइरालाको मतभार २४८९ र कार्कीको मतभार २६६० भएको थियो । सत्ता गठबन्धनका दुई उम्मेदवार सिटौला र कार्कीलाई गठबन्धनबाटै ठुलो अन्तरघात भएको छ ।

कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये गठबन्धनको ४७ जना हुन् भने एमाले र राप्रपाको ४६ सांसद हुन् । तर, सत्ता गठबन्धनको महिलातर्फकी उम्मेदवार कार्कीले ४४ सांसदको मतमात्रै पाइन् भने गठबन्धनकै ३ जना सांसदले विपक्षी गठबन्धनलाई मत दिए ।गठबन्धनको पर्याप्त मत हुँदाहुँदै आफ्ना उम्मेदवार पराजित बनेपछि माओवादी केन्द्र कांग्रेससँग असन्तुष्ट बनेको छ ।

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस