२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेस बन्द गराउँदै हिँडेका आजपाका ९३ जना पक्राउ

93 members of AJP arrested for Madhesh Banda

काठमाडौं । मधेस प्रदेशमा बन्द गराउँदै हिँडका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का नेता–कार्यकर्ता पक्राउ परेका छन् । आजपाले आज मधेस बन्दको आह्वान गरेको छ ।

जनकपुरको रामाचन्द चोकबाट प्रहरीले आजपाका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता चन्दभूषण साहलगायत नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । उपाध्यक्ष रीतादेवी साह, उपमहासचिव अरुण घिसिङलगायत नेता–कार्यकर्तालाई पक्राउ गरेर प्रदेश प्रहरी कार्यालयमा राखिएको पार्टीले जनाएको छ ।

रौतहटबाट पनि आजपाका कार्यकर्ता पक्राउ परेका छन् । मधेसका विभिन्न ठाउँबाट आजपाका ९३ जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए । बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी एवं आमनागरिकलाई सहज कर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै आजपाले बन्दको आह्वान गरेको हो ।

 

 

 

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस