२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घरको ५ तलाबाट हाम फालेका अग्रवालको मृत्यु

धनगढी, १० माघ । कैलालीको धनगढीमा आफ्नै घरको ५ तलामाथिबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ । घटना लगत्तै उपचारका लागी नवजीवन अस्पताल पुयाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको पाइएको छ । अग्रवालको शव पोस्टमार्टमका लागी सेती प्रादेशिक अस्पताल लगिएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुङ्गानाले जानकारी दिए ।

धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक समेत रहेका अन्दाजी ५३ वर्षीय अग्रवालले बुधवार विहान करिब ११ः२० को समयमा आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए।

 

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस