२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अयोध्याको अलौकिक शक्तिशाली राम मन्दिरको प्राण प्रतिष्ठा २२ जनवरीमै किन ?

Ayodhya's supernaturally powerful Ram Mandir's Prana Pratishta, why on January 22

काठमाडौं ।  आलोचनाहरुकै बीच भारतीय समय अनुसार मध्याह्न १२ः१५ देखि १२ः४५ सम्म प्राणप्रतिष्ठा पूजा आयोजना गराइयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका पण्डित दुर्गा प्रसाद गौतमले विशेष पूजा गराए । कार्यक्रममा सरिक हुनका लागि ७ हजार जनालाई श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले आमन्त्रण गरेको थियो ।

हिन्दु पौराणिक कथा अनुसार श्री रामको जन्म अभिजित मुहूर्त, मृगशीर्ष नक्षत्र तथा अमृत सिद्धी योग र सर्वार्थ सिद्धी योग मिलनको समयमा भएको मानिन्छ । २२ जनवरी २०२४ मा यसको मुहूर्त परेको हुनाले अयोध्यामा श्री रामको मूर्तिको प्राणप्रतिष्ठा गर्ने तय भएको हो । प्राण प्रतिष्ठा कार्यक्रमअघि भारतीय प्रधानमन्त्री मोदी हनुमानगढी पुगे । त्यहाँ पुगेर उनले रामको मूर्ति प्राणप्रतिष्ठाका निम्ति हनुमानको अनुमति लिने कार्यक्रम रहेको टाइम्स अफ इण्डियाले लेखेको छ ।

श्री रामपछि अष्टचिरञ्जिबी मध्येका एक हनुमानले अयोध्यामा राज गरेको हुनाले उनको अनुमति लिनुपर्ने विश्वास रहेको छ । हनुमानको अनुमति लिएर अयोध्या पुगेसँगै १२१ वैदिक ब्राह्मणहरुले मन्त्रोचारण गरेर मोदीलाई पूजा गराए । राममन्दिर निर्माणको थालनी सन् २०२० देखि भएको हो । २०२० को अगस्ट ५ मा भारतीय प्रधानमन्त्री मोदीले शिलान्यास गरेका थिए । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माण गर्न भन्दै बाबरी मस्जिद निर्माणका लागि अन्यत्र जमिन दिन आदेश दिएपछि मोदीले मन्दिर शिलान्यास गरेका थिए ।

प्राणप्रतिष्ठा गरिएको राम मन्दिर श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टको रेखदेखमा निर्माण हुँदै आएको छ । तीन तले राममन्दिरको निर्माणले पूर्णता भने यस वर्षको डिसेम्बरमा अन्त्यतिर मात्रै पाउनेछ । यसरी निर्माण नसकिई नै उदघाटन गरेको भन्दै कतिपय पुरोहितहरुले आलोचना गरेका हुन् ।

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस