२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यू-१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध अर्जुनको अर्धशतक : जितको लागि ३०३ रनको विशाल लक्ष्य

Arjun's half-century against New Zealand in the U-19 World Cup

७ माघ, काठमाडौं । नेपालका युवा ब्याटर अर्जुन कुमालले आईसीसी यू-१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आफ्नो लय, क्षमता र जिम्मेवारी ब्याटिङलाई निरन्तरता दिँदै अर्जुनले ७३ बलमा अर्धशतक प्रहार गरेका हुन् ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा ५ विकेट गुमाउँदै १२३ रन बनाएको छ । अर्जुन कुमाल ७४ बलमा ६ चौकासहित ५३ र दीपक बोहरा १३ रनमा नट आउट छन् ।

अर्जुन बाहेक अन्य शीर्ष पाँच ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले इनिङको तेस्रो बलमै ओपनर दीपक बोहरालाई शून्यमा गुमाएको थियो । तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठी २ रनमा क्याच आउट भएका थिए ।

तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनको बलमा देव खनाल मिडअनमा मासन क्लार्कबाट क्याच आउट भए । देवले ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाए । उत्तम थापा मगर एज लागेर १७ औं ओभरको अन्तिम बलमा शून्यमा क्याच आउट भए । गुल्शन स्पिनर ज्याक कमिङको २१ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा डीप मिडविकेटमा ल्यूक वाटसनबाट २ रनमा क्याच आउट भए ।

 

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस